अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

पश्चिम नवलपरासीकाे प्रतापपुरमा ४ बिघा ८ कट्ठा उखु खेतीमा आगलागी

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:१६ मा प्रकाशित

पश्चिम नवलपरासीकाे प्रतापपुरमा उखु खेतीमा आगलागी भएकाे छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ काे बेतहानीमा दिउँसाे २ बजेतिर आगलागी हुँदा सात जना किसानकाे खेतमा काट्न तयार रहेकाे उखु जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएकाे ।

आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुमा क्षति पुगेकाे छ । चार बिघा आठ कट्ठा क्षेत्रकाे उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

उखुबारीमा लागेकाे आगाे स्थानीयवासी र प्रहरीकाे सहयाेगमा निभाइएकाे छ । आगलागीकाे कारणबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू