अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

एल साल्भाडोरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु, १० हजार सैनिकले सहर घेरा हाले

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:१५ मा प्रकाशित

मध्य अमेरिकी देश एल साल्भाडोरको एक सहरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु भएको छ । राष्ट्रपति नायब बुकेलेको आदेशअनुसार १० हजार जना सेनाले सोयापाङ्गो सहरलाई घेराबन्दी गरी गिरोहविरुद्धको विशेष अभियान सुरु गरेका बीबीसीले जनाएको छ ।सेनाले घेरा हालेको सहरतर्फ जाने सबै सडक बन्द गरेर सरकारी विशेष बलले गिरोहका सदस्यको घर खोजिरहेका खबरमा उल्लेख छ । सरकारी अधिकारीहरूले सहर छाड्ने स्थानीयको प्रयासलाई रोकेका छन् र अत्यावश्यक काम हुनेहरूलाई कागजात जाँच गरेर मात्रै सहर बाहिर जान दिएका छन् ।

तीन लाख घर भएको सोयापाङ्गो एल साल्भाडोरको सबैभन्दा ठूला सहरमध्ये एक हो । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर पश्चिममा रहेको यो सहर लामो समयदेखि गुन्डागर्दीका गतिविधिको केन्द्रको रूपमा परिचित छ । पुलिस र सेनाको निकासी टोलीलाई गिरोहका सबै सदस्यलाई एक/एक गरेर बाहिर निकाल्ने जिम्मेवारी दिइएको राष्ट्रपति बुकेलेले बताउनुभएको छ ।

६५ लाख जनसङ्ख्या भएको देश एल साल्भाडोरका राष्ट्रपति बुकेलेले गएको मार्चको अन्त्यमा आपत्कालीन अवस्थाको घोषणा गरेदेखि अहिलेसम्म ५८ हजार जनाभन्दा धेरै मानिसलाई सरकारले जेलमा थुनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू