अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

शेयर बजार २ अङ्कले बढ्यो, १ अर्ब ५६ कराेड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:१४ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ । आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ ।

नेप्से सामान्य बढेकाे दिन दुई सय ४३ वटा कम्पनीकाे ३६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा खप्तड लघुवित्त र ओरियन्टल होटलको शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेस्डाे समृद्ध लघुवित्तको शेयर छ प्रतिशत र नबिल बैंकको शेयर साढे तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया