अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:०६ मा प्रकाशित

अर्जेन्टिना र नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो ।खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीको लागि यो गोल करियरको ७ सय ८९ औं गोल थियो भने राष्ट्रिय टोलीका लागि ९४ औं गोल थियो । शनिबार अर्जेन्टिनाको जर्सीमा १ सय ६९ औं खेल खेलिरहँदा मेस्सीले करियरमा एक हजार खेलको कोशेढुंगा पार गरेका छन् ।५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । त्यसपछि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।

शनिबार नै भएको पहिलो खेलमा अमेरिकालाई ३–१ ले हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा पुगेको छ । अमेरिकाविरुद्धको खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन मेम्फीस डिपे, डेली ब्लीन्ड र डेन्जेल डम्फ्रीजले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई दोब्बर अग्रता दिलाए । ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ को जित दिलाए । नेदरल्याण्ड्सले अब क्वाटरफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू