अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ४:५६ मा प्रकाशित

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू मा नेपालले स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको हो । युनाईटेड क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन र कप्तान रोहित पौडेलले १७ रनको बनाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू