अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

इन्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राखे ६ महिना जेल सजाय

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ५:१४ मा प्रकाशित

इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्म यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त नयाँ कानुन संसदबाट पारित भएपछि इन्डोनेसियाली नागरिक र विदेशीलाई पनि लागू हुनेछ । नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ ।

यस्तो सजाय कसैले सरकारी अधिकारी समक्ष उजुरी गरेपछि प्रभावकारी हुनेछ । कानुन अनुसार विवाहअघि शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार व्यवसायीहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् । विदा मनाउने र लगानी गर्ने गन्तव्यको रूपमा परिचित देशमा यस्तो कानुन लागु भए देशकै अर्थतन्त्र ओरालो लाग्ने व्यवसायीहरूको चिन्ता छ ।

यसअघि सन् २०१९ मा पनि यस्तै कानुनको मस्यौदा पारित गर्ने तयारी भएसँगै देशव्यापी प्रदर्शन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू