अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

क्षेप्यास्त्र परीक्षणकाे बारेमा उत्तर कोरियामाथि ३ देशले लगाए प्रतिबन्ध

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:२४ मा प्रकाशित

क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका छन् । पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी ३ उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हाे । साेही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र र सम्पूर्ण विश्वकै लागि गम्भीर जोखिम निम्त्याएकाले सो कदम चालिएको जनाएको छ ।

अमेरिकाको सिफारिसमा उत्तर कोरियाली अधिकारीहरुमाथि यसअघि नै युरोपियन युनियनले पनि प्रतिबन्ध लगाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । त्यस्तै दक्षिण कोरियाले पनि सिंगापुर र ताइवानमा एक-एक जना नागरिकसहित अन्य ८ जना र ८ संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

पछिल्ला प्रतिबन्धहरु उत्तर कोरियाले गत नोभेम्बर १८ मा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षणपछि लगाइएको हो । यो वर्ष उत्तरले विभिन्न क्षमताका ६० भन्दा बढी ब्यालेस्टिक मिसाइल परीक्षण गरेको ३ मुलुकहरुले आरोप लगाएका छन् । ब्यालेस्टिक मिसाइल परीक्षणमा सन् २०१७ देखि प्रतिबन्ध लगाइए पनि उत्तर कोरिया भने पछि हटेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू