अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:०६ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् ।नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।शनिबार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् । अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ भने अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू