अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

एन्फासँग ए डिभिजन क्लबहरुकाे असन्तुष्टि

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:०३ मा प्रकाशित

आसन्न शहिद स्मारक ए डिभिजन लिगको तयारीको सन्दर्भमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ए डिभिजनका क्लबहरुले असन्तुष्टि जनाएका छन् । पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् । लिगको तयारी खर्च वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने पूर्व सहमती एन्फाले पालना नगरेको क्लबहरुको आरोप छ ।

एन्फाले लिगको तयारी खर्च वापत ए डिभिजन क्लबलाई प्रति क्लब ३२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सो वापतको आधा रकम मंसिर १५ भित्र किस्तामा भुक्तानी गर्ने एन्फा र क्लबबीच सहमती बनेको थियो । क्लबहरुले एन्फासँग गत सिजनको तयारी खर्च, पुरस्कार वापतको रकम पनि पाउन बाँकी छ । तर पूर्व सहमती अनुसार एन्फाबाट मंसिर १६ गतेसम्म समेत क्लबले तयारी खर्च नपाएपछि लिगको तयारीको सन्दर्भमा क्लबहरुले असन्तुष्टि जनाएका छन् । आसन्न लिगको सन्दर्भमा ए डिभिजनका अधिकांश क्लब शनिबार साँझ अनौपचारिक छलफलमा जुटेका थिए ।

एन्फाको झुठो आश्वासनले लिगनै अन्यौलमा पर्ने देखिएको भन्दै क्लबहरुले फुटबल संघको गम्भिर ध्यानाकर्षण गराउने सहमती जुटाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू