अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

‘मुलुकको समृद्धिका लागि काम गर्न पार्टी प्रतिबद्ध’-डा. सिके राउत

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:०४ मा प्रकाशित

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने बताउनुभयो । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू