अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

बाजुरामा मतगणना पुनः सुरु

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ५:१३ मा प्रकाशित

बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे मतगणना पुनः सुरु भएको छ । प्रतिनिधि सभाको मतगणना आज शुक्रवार बिहानदेखि राेकिएकाे थियाे भने प्रदेश सभाको मतगणना दिउँसोदेखि राेकिएकाे थियाे । अहिले दुवै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो ।

प्रदेश सभा (ख) मा बुढीगङ्गा नगरपालिका ३ को मतदान केन्द्रमा मुचुल्कामा तीन सय ५० रहेकोमा कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा दुई सय ५० भएको पाइएपछि विवाद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू