अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ४:५८ मा प्रकाशित

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै महानिरीक्षक सिंहले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गर्नुभयो । नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिनुभयो ।

भेटमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू