अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्याे

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ४:५७ मा प्रकाशित

भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ ।विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिका लगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ति देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा १ खर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंकको भनाइ छ ।

पछिल्ला वर्षहरूमा भारतीयहरू अमेरिका, युके र सिंगापुर जस्ता विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् । रेमिट्यान्सको यो रकम भारतमा कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो । विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गत वर्ष भन्दा ५ प्रतिशतले वृद्धि हुँदा १ खर्ब डलर नाघेको हो । भारतका निम्न तथा निम्न मध्य वर्गीय परिवारका लागि रेमिट्यान्स आम्दानीको महत्वपूर्ण स्रोत हो ।

उच्च परिमाणको रेमिट्यान्स भित्र्याउने अन्य देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स रहेका छन् । दक्षिण एशियामा भारतपछि रेमिट्यान्स भित्र्याउने देशमा नेपाल रहेको विश्व बैंकले जनाएको छ । गत वर्ष दक्षिण एशियाका अन्य देशहरुले प्राप्त गर्ने रेमिट्यान्स भने १० प्रतिशतले घटेको छ । सन् २०२२ मा विश्वभर निम्न तथा निम्न मध्यम आम्दानी भएका देशहरुले प्राप्त गर्ने रेमिट्यान्स रकम ६ खर्ब २६ अर्ब डलर रहेको छ ।विश्व ब्यापी बढ्दो महँगी र आर्थिक विकासको सुस्त गतिले आगामी वर्ष भने रेमिट्यान्स अर्थतन्त्रले पनि चुनौती सामना गर्नुपर्ने विश्व बैंकको प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू