अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ४:४७ मा प्रकाशित

चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा भने कोरोना संक्रमण बढीरहेको चिनियाँ अधिकारीहरूले बताएका हुन् । नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक गतिविधि ठप्प पारेको भन्दै आन्दोलन चर्किएपछि चिनियाँ उपप्रधानमन्त्री सन चनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ ।

गत साता चीनको पश्चिमी उरूम्ची क्षेत्रमा लकडाउनकाबीचमा एक अपार्टमेण्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चर्किएको प्रदर्शन चीनका अन्य शहरहरूमा समेत फैलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू