अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

रूसकाे आक्रमणबाट अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ४:४६ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ । युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ हजारसम्मको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

युद्धमा अंगभंग भएका र घाइते भएका सैनिकहरुको संख्या समेत जोड्दा १ लाख पुग्ने उनको भनाइ छ । गत जुन महिनामा दैनिक २ सयदेखि ३ सय युक्रेनी सैनिक मृत्यु भएको उनको दावी थियो । युक्रेनको सेनाले भने यो तथ्यांक पुष्टी गरेको छैन । रुस र युक्रेन युद्धका क्रममा हालसम्म ३ हजार ६ सय सर्वसाधारणकाे मृत्यु भएकाे जनाइएकाे छ । रूस तर्फ ९ हजार ३ सय ११ सैनिककाे मृत्यु भएकाे मस्कोले दावी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू