अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि ‘महाअभियोग’ लगाउने तयारी

बिआरटीनेपाल २०७९ मंसिर १५ गते ५:३५ मा प्रकाशित

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि महाअभियोग लगाउने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।‘फार्मगेट’ स्क्याण्डललाई लिएर उनीमाथि महाअभियोगको तयारी भएको हो।आफ्नो फार्मबाट सन् २०२० मा भएको भएको ४० लाख अमेरिकी डलर बराबरको चोरीको घटना ढाकछोप गरेको तथा त्यसका लागि लुटेराहरूलाई चुप बस्न धम्की दिएको आरोप छ।स्वतन्त्र जुरीले गरेको अनुसन्धान प्रतिवेदन चुहावट भएपछि राष्ट्रपति रामामाफोसा विवादमा आएका हुन्।

सो प्रतिवेदनअनुसार उनले आफ्नो राजनीतिक पदको फाइदा उठाएको तथा देशको भ्रष्टाचारविरोधी कानुन उल्लंघन गरेको हुनसक्ने उल्लेख छ।राष्ट्रपतिले भने आफूले कुनै गलत काम नगरेको भन्दै आरोप अस्वीकार गरेका छन्। चोरी भएको पैसा भैसी बेचेर आएको उनको दाबी छ। तर ठूलो मात्रामा रकम चोरी हुनु उनले भ्रष्टाचार गरेर जम्मा गरेको हुन सक्ने संकेत रहेको भन्दै महाअभियोगको तयारी भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू