अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : कांग्रेस नेता कोइराला

बिआरटीनेपाल २०७९ मंसिर १५ गते ४:५२ मा प्रकाशित

मोरङ क्षेत्र ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको छ । कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित आवश्यकता अनुसार अन्य दललाई गठबन्धनमा ल्याएर कांग्रेसले सरकार बनाउने बताउनुभयो ।

उहाँले सरकारको नेतृत्वको विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका साथीहरुसँग छलफल गर्ने बताउनुभयो । ‘कसैले प्रधानमन्त्री बन्ने चाहना राखेर मात्रै हुँदैन त्यसका लागि नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ कोइरालाले भन्नुभयो, ‘संसदीय दलको नेतामा जसले नम्बर पुर्‍याउँछ उसैले सरकारको नेतृत्व गर्छ र त्यसका लागि काठमाडौं जाँदै छु, साथीहरुसँग कुरा गर्छु ।’ अहिले निर्वाचित कांग्रेसका सांसदहरुमा सभापति देउवा पक्षकै बढी रहेको तर यस विषयमा सभापतिसँग कुरा गर्ने उहाको भनाई थियो ।

‘सुशासन बिना अब देश चल्न सक्दैन त्यसैले देशमा सुशासन दिनु अति आवश्यक र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौं भने देश आर्थिक रुपमा धाराशायी हुन्छ,’ कोइरालाले भन्नुभयो,  ‘जनताको चाहना अनुसार काम नभएको अवस्थामा हामीले सदन र सदन बाहिर दुवै ठाउँबाट आवाज उठाउँछु ।’ त्यसका लागि सरकारको नेतृत्व पुस्तान्तरण गर्न नम्बर गेम आवश्यक रहेकाले साथीहरुसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । धर्म संस्कृतिको संरक्षण गर्न सकेमात्र देश र समाज सभ्य हुने र देश उभो लाग्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू