अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

फिफा विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको कतारद्वारा पहिलो पटक स्वीकारोक्ति

बिआरटीनेपाल २०७९ मंसिर १४ गते १५:१८ मा प्रकाशित
फिफा विश्वकपको आयोजकका एक उच्च अधिकारीले विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका छन् । कतारले श्रमिकको मृत्युको बारेमा यति ठुलो आँकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो ।
अङ्ग्रेजी पत्रिका बिजनेस स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो कुरा स्वीकार गरेका छन् ।
थावाडीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बिचमा छ । मसँग यकिन सङ्ख्या छैन, तर छलफल भइसकेको छ । तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै नै बढी हो ।’ थावाडीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रङ्गशाला, सडक, होटेललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरू रहेका छन् ।
यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले हृदयाघातजस्ता कारणले उनीहरूको मृत्यु भएको बताउँदै आएको छ । सन् २०१० मा विश्वकप फुटबल आयोजनाका लागि अनुमति पाएपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको छ । यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिन्छ किनभने यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ । एजेन्सी
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू