अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

शेयर बजारमा सामान्य गिरावट

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ४:५९ मा प्रकाशित

मंगलबार सामान्य अंकले हरियो रहेको शेयर बजार बुधबार उस्तै अंकले रातो रह्यो । कारोबार थप खुम्चिएर ८४ करोड हाराहारीमा सीमित रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ३ अंकले ऋणात्मक रहेर १९ सय ४९ कायम भएर थामियो । व्यापार र लघुवित्त बाहेक अरु सबै समूह सामान्य अंकले रातो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३८ कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर जम्मा ८४ करोड २७ लाख बराबरमा किनबेच भएको एक्स चेन्जले जनाएको छ । यसमध्ये १ सय २४ कम्पनीको मूल्य घट्दा जम्मा ६४ को बढेको पनि नेप्सेले जनाएको छ । यस दिन लक्ष्मी इक्वीटी फण्ड, विन नेपाल लघुवित्तका लगानीकर्ताले बढी गुमाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू