अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

युक्रेनलाई थप हतियार उपलब्ध गराउन नेटोको आग्रह, युक्रेनको पूर्वाधार पुनर्निर्माण गर्ने नेटाेकाे घोषणा

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ४:५८ मा प्रकाशित

उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी आक्रमणबाट क्षतिग्रस्त महत्वपूर्ण पूर्वाधारहरु पुनर्निर्माण गर्न मद्दत गर्ने घोषणा गरेको छ । रोमानियाको बुखारेष्टमा आयोजना भइरहेको शिखर सम्मेलनमा बोल्दै नेटोका महसचिव जेन्स स्टोल्टेनवर्गले रुसले युक्रेनमा सुरु भएको चिसो मौसमलाई हतियारको रुपमा प्रयोग गर्न खोजेको भन्दै थप हतियार र पूर्वाधार पुनर्निर्माणका लागि सहयोग गर्ने बाचा गर्नुभएको हो ।

युक्रेनले लगातार रुपमा नेटोसंग थप वायु रक्षा प्रणालीमो माग गर्दै आएको थियो । नेटोको यस घोषणाले युक्रेन र युक्रेनी जनतालाई थप राहत मिलेको छ । रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुलीबिहीन अवस्थामा अध्यारोमा जिउन बाध्य भएका छन् । चिसो मौसम सुरु भएसँगै बिजुली आपूर्ती समेत बन्द हुँदा बालबालिका र वृद्धवृद्धा थप मारमा परेका छन् । राजधानी कीभ लगाएत आसपासका शहरहरुमा रुसी आक्रमणका कारण ध्वस्त भएको उर्जा पूर्वाधारहरु भताभुङ भएका कारण युक्रेन सरकार आम सर्वसाधारणलाई बिजुली र पानी दिन असमर्थ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू