अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ४:५५ मा प्रकाशित

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उहाँको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ ल्युकेमिया रोगबाट पीडित हुनुहुन्थ्यो । जसका कारण उहाँका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उहाँको निधन भएको संचार माध्यमले जनाएका छन् । जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित हुनुभएको थियो । रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उहाँले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाउनु भएको थियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति हुनुहुन्थ्यो ।

जेमिनको मृत्यु यस्तो समयमा भएको छ, जब चीनका विभिन्न शहरहरूमा कोरोना प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ। जेमिनले सन् १९९७ मा हङकङको शान्तिपूर्ण स्थानान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशका लागि मेहनत गर्नुभएको थियो । उहाँलाई चीनमा मात्रै होईन विश्वभर सधैं मेहनती नेताको रूपमा हेरिएको थियो । जेमिनको नेतृत्वमा चीनको अर्थतन्त्र बलियो हुनुका साथै सधैं सत्तामा बसिरहन कम्युनिस्टहरूलाई सहज बनाउनु भएको श्रेय दिइने गरेको छ । बि.सं २०५३ सालमा जेमिनले नेपालको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू