अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

देशभर थपिए ७ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ४:५१ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ५४ जनाको पीसीआर र १ हजार २ सय २३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ३० जना संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू