अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

सहारा क्लब र हिमश्रीबीच सम्झौता

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ४:५० मा प्रकाशित

सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालिबीच १० वर्षे सम्झौता भएको छ ।  पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।

प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले क्लबलाई बार्षिक रुपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने छ । प्रालिले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०७८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने छ ।

उद्योगपति स्व.सूर्यबहादुर केसीको पहल तथा सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता सुरु भएको थियो । २०६९ देखि ०७८ सम्म दोस्रोपटक आहा–रारा गोल्डकप नामाकरण १० वर्षे करार सम्झौता भएको थियो । तेस्रो पटक १० बर्षे सम्झौता भएसँगै प्रतियोगिताको २२ औं संस्करणदेखि २०८८ सालसम्म आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतिक्रिया