अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

अमेरिकाको ‘फ्रिडम पार्टी’को झलक दिने रवि लामिछानेको पार्टी : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:३८ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गर्नुभएको छ । अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गर्नुभएको हो ।

उहाँले संयोग नै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकीर गर्दै चिन्ता समेत व्यक्त गर्नुभयो । पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिड्म पार्टीको नाम र झण्डा फोटोकपीको रुपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताउनुभयो ।

ओलीले अर्काको नक्कल गर्ने, अरुको इतिहास पढने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘हामीले आफैलाई बिसियौं । आफूप्रति गर्व गर्न छाड्यौं । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो । संयोग नै भन्नुपर्ला–अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिड्म पार्टी अफ अमेरिका । त्यसको चुनाव चिन्ह पनि घण्टी छ । संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । संयोग नै होला । तर, अस्तीसम्म स्याप्पै थियो त्यो बेलुन । तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्नु खोजेको हुँ ।’ ओलीले लामिछाने नेतृत्वको सो पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रुपमा समेत चित्रण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू