अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:३४ मा प्रकाशित

साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक सय रूपैयाँले घटेर ९७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २८५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू