अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

शेयर बजार ३ अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:०८ मा प्रकाशित

शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । हिजो साेमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेकाे दिन दुई सय ३४ वटा कम्पनीकाे २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू