अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

आम निर्वाचन २०७९: प्रतिनीधिसभातर्फ १५९ स्थानको मतगणना सम्पन्न, ३ स्थानमा जारी, अन्य ३ स्थानमा गणना शु्रु हुन बाँकी

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:२४ मा प्रकाशित

मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तरगत अहिलेसम्म १५९ स्थानको मतगणना सम्पन्न भएको छ भने ३ स्थानमा मतगणना जारी रहँदा ३ स्थानमा विवादका बीच अझै मतगणना शुरु हुन सकेको छैन । घोषित परिणाम अनुसार प्रतिनीधिसभातर्फ ५३ स्थानमा जित सहित नेपाली कांगे्रस पहिलो स्थानमा रहेको छ । जारी मतगणनामा उसको २ स्थानमा अग्रता रहँदा प्रदेशतर्फ १ सय ५ स्थानमा विजयी र २ स्थानमा अग्रता छ ।

नेकपा एमाले ४३ स्थानमा विजयी हुँदा १ स्थानमा अग्रता सहित दोश्रो स्थानमा कायम रहेको छ । एमालेको प्रदेशतर्फ ९१ स्थानमा जित दर्ता हुँदा १ स्थानमा अग्रता रहेको छ । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र १७ स्थानमा विजयी हुँदा प्रदेशसभातर्फ ५३ स्थानमा विजयी भएको छ । नेकपा एकिकृत समाजवादी १० स्थानमा विजयी हुँदा प्रदेशतर्फ १४ स्थानमा जित हासिल गर्न सफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनीधिसभातर्फ ७ स्थानमा विजयी हुँदा राप्रपाले ७ स्थानमा जितेको छ भने प्रदेशतर्फ ११ स्थानमा जित दर्ता गरेको छ ।

स्वतन्त्र उम्मेद्वारहरुले प्रतिनीधिसभातर्फ ५ स्थानमा जित हासिल गर्दा प्रदेशसभातर्फ १२ स्थानमा उनीहरु विजयी भएका छन् । जनता समाजवादी पार्टीले संघीय संसद्को संघीय ८ स्थान जित्दा प्रदेशतर्फ १० स्थानमा विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जित्दा प्रदेशतर्फ ७ स्थानमा सिट सुरक्षित गर्न सफल भएको छ । जनमत पार्टीले संघीय संसद्को १ सिट जित्दा प्रदेशतर्फ ७ स्थानमा विजेचा बनेको छ । जनमोर्चा १ र नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएका छन् भने प्रदेशतर्फ ५ स्थानमा उनीहरुले जित दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू