अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 14:32

जनताको वितृष्णा राजनीतिप्रति होइन, व्यक्तिसँग होः शेखर कोइराला

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ६:०३ मा प्रकाशित

परम्परागत राजनीतिक दलभन्दा पनि व्यक्तिसँगको वितृष्णाले अहिलेको परिस्थिति उब्जिएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताउनुभएको छ ।मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले दलहरुप्रति जनताको वितृष्णा रहे दलीय प्रणाली नै नरहने बताउनुभयो ।

निर्वाचनका विषयमा कांग्रेस एकल रुपमा स्पर्धा गर्नुपर्ने भन्ने विषय गौण भएको उहाँको भनाइ छ। यस पटकको निर्वाचनमा केही नयाँ दलले स्थान पाएको विषयमा उहाँले भन्नुभयो, ‘मुलुकले परिवर्तन खोजेको छ। तर कस्तो परिवर्तन त्यसमा भर पर्छ। युवाहरु आउनुपर्छ तर युवाहरुले मात्र परिवर्तन गर्न सक्ने र पाकाहरुले गर्न नसक्ने भन्ने चाहिँ होइन।’

कांग्रेसभित्र संसदीय दलको नेता चयन नहुञ्जेल कसैले पनि उम्मेदवारी घोषणा गरेर नहुने नेता कोइरालाको भनाइ छ। मोरङ ६ मा कोइराला ३५ हजार २ सय २४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ७८ मतान्तरले पराजित गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा जित हात पारेका पण्डित यस पटक २२ हजार ९ सय ४६ मत सीमित हुनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू