अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

अनुकुल भए गठबन्धन सरकारमा सहभागी हुन्छौं : रवि लामिछाने

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताउनुभएको छ । शुक्रबार चितवनमा विजयी प्रमाणपत्र बुझ्दै लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताउनुभयो ।

उहाँले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताउनुभयो । अनुकुल भए अब बन्ने गठबन्धन सरकारमा सहभागी हुने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू