अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

निर्वाचनको मतगणना जारी, प्रतिनीधिसभामा कांग्रेस अगाडि रहँदा समानुपातिकमा एमालेको अग्रता

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:२६ मा प्रकाशित

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको घोषित परिणाम अनुसार प्रतिनीधिसभातर्फ ४३ स्थानमा जित सहित नेपाली कांगे्रसले अग्रता कायमै राखेको छ भने जारी मतगणनामा १० स्थानमा उसले अग्रता हाँसिल गरेको छ । प्रदेशतर्फ ८९ स्थानमा विजयी हुँदा कांग्रेसले १५ स्थानमा अग्रता लिएको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालले संघीय संसद्को ३४ स्थानमा जित हासिल गर्दा १२ स्थानमा अग्रता राखेको छ । एमालेले प्रदेशतर्फ ६८ स्थानमा जित हाँसिल गर्दा २४ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी ७ स्थानमा अग्रता कायम गरेको छ भने उसले प्रदेशसभातर्फ ४४ स्थानमा जित प्राप्त गर्दा ७ स्थानमा अग्रता लिएको छ ।

नेकपा एकिकृत समाजवादी प्रतिनीधिसभातर्फ १० स्थानमा विजयी हुँदा प्रदेशतर्फ १२ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा उसको अग्रता छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनीधिसभातर्फ ७ स्थानमा जित हासिल गर्दा १ स्थानमा अग्रता कायम गरेको छ । राप्रपाले ५ स्थानमा जित हासिल गर्दा २ स्थानमा अग्रता लिएको छ भने प्रदेशतर्फ ९ स्थानमा जित र ३ स्थानमा अग्रता लिएको छ । स्वतन्त्र उम्मेद्वारहरुले प्रतिनीधिसभातर्फ ५ र प्रदेशसभातर्फ ११ स्थानमा जित हासिल गर्दा १ स्थानमा अग्रता लिएका छन् ।

जनता समाजवादी पार्टीले संघीय संसद्को ३ स्थान जित्दा २ स्थानमा अग्रता कायम गर्न सफल भएको छ । प्रदेशतर्फ समाजवादीले ९ स्थानमा जीत, २ स्थानमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ३ स्थान जित्दा १ स्थानमा अगाडि रहेको छ । उसले प्रदेशतर्फ ९ स्थानमा सिट सुरक्षित गर्दा १ स्थानमा अग्रता कायम गर्न सफल भएको छ । जनमत पार्टीले संघीय संसद्को १ सिट जित्दा प्रदेशतर्फ ६ स्थानमा जित, १ स्थानमा अग्रता कायम गरेको छ । जनमोर्चा १ र नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएका छन् ।

सम्पन्न आम निर्वाचनको समानुपातिक तर्फको जारी मतगणनामा नेकपा एमाले १२ लाख ७२ हजार ४ सय मतसहित अग्रस्थानमा रहँदा दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसको १२ लाख ४ हजार ५० मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५ लाख ९० हजार ८ सय १६ मतसहित तेश्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको माओवादी केन्द्रलाई ५ लाख ४९ हजार ३७ मत प्राप्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समानुपातिकमा ३ लाख ५ हजार मत प्राप्त हुँदा नेकपा एकिकृत समाजवादीले ९८ हजार मत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू