अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

चुनावी नतिजा नआइसक्दै प्रचण्डलाई ओलीको फोन– मिलेर जानेबारे गम्भीर भएर सोचौं

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ६:१० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । ओली र प्रचण्डका बीचमा टेलिफोन संवाद भएको दुवै नेताका सचिवालयले पुष्टि गरेको छ । ओलीले विहीबार दिउँसो प्रचण्डलाई फोन गर्नुभएको बु्झिएको छ ।संवादका क्रममा प्रचण्डले पनि चुनाव जितेकोमा ओलीलाई बधाई दिनुभएको थियो । दुई नेताबीच चुनावी नतिजा आइसकेपछि आगामी दिनका अगाडि बढ्नेबारे बसेर कुराकानी गर्ने विषयमा कुरा भएको ओलीको सचिवालयले बताएको छ ।

प्रचण्डको सचिवालयका एक जना सदस्यले दिएको जानकारीअनुसार, मिलेर अघि जाने बारे गम्भिर भएर सोच्ने ओलीले प्रचण्डलाई आग्रह गर्नुभएको छ ।तत्कालिन नेकपा विभाजनपछि ओली र प्रचण्डकाबीचमा तिक्तापूर्ण सम्बन्ध थियो । तर, चुनावको नतिजा नआइसक्दै ओलीले प्रचण्डलाई फोन गरेर आगामी दिनमा मिलेर जाने बारे प्रस्ताव गर्नुभएको बताईएको छ । कम्युनिष्ट आन्दोलन सिध्याउन विभिन्न तत्वहरु सक्रिय रहेको र त्यसलाई चिनेर अघि बढ्नपर्ने वारे टेलिफोनमा संवाद भएको ओली र प्रचण्डका सचिवालय सहयोगीहरुले बताएका छन् ।

विहीबार दिउँसो प्रचण्डलाई भेट्न पुगेका नेताहरुसँग ओलीले कम्युनिष्ट आन्दोलनबारे चिन्ता व्यक्त गरेकोमा आफूलाई खुशी लागेको प्रचण्डले बताएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । ओलीले बुधबार साँझ निर्वाचन जितकोमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू