अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

एमाले र माओवादीले हराए एक-अर्काका महासचिव

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ६:०४ मा प्रकाशित

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महासचिव पराजित भएका छन्। दुबै पार्टीमा महासचिवलाई अध्यक्षपछि शक्तिशाली पद मानिन्छ। एमाले महासचिवले माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोर्दा माओवादीका महासचिवले एमालेका उम्मेदवारसँग हार व्यहोर्नुभएको छ ।

दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित हुनुभएको छ े भने माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट पराजित हुनुभयो ।एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले पराजित गर्नुभएको हो । उहाँले १ सय ९६ मतान्तरसहित पोखरेललाई पराजित गर्नुभयो ।

यसैगरी, माओवादी केन्द्रका महासचिव देव गुरूङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले पराजित गर्नुभएको छ । माओवादीका महासचिव गुरूङ ३ हजार ९८ मतान्तरले पराजित हुनुभएको हो । उहाँले ३१ हजार ७ सय ८१ मत ल्याउँदा विजयी भएका एमाले उपमहासचिव गुरूङले ३४ हजार ९ सय ६९ मत ल्याउनुभयो ।

दुई कम्युनिष्ट पार्टीका महासचिव पराजित हुँदा नेपाली कांग्रेसका दुबै महामन्त्रीले भने जित हात पारेका छन्। कांग्रेस महामन्त्री गगन थापा काठमाडौं-४ र विश्वप्रकाश पोखरेल झापा-१ बाट एमाले उम्मेदवारसँग फराकिलो मतान्तरले विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू