अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

झलनाथ खनालको निर्वाचन क्षेत्रमा मतगणना पुनः सुरु

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:५७ मा प्रकाशित

इलाम क्षेत्र नम्बर १ मा रोकिएको मत गणना पुनः सुरु भएको छ ।विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट सहमति भएपछि पुनः मतगणना सुरु भएको हो । एकीकृत समाजवादीका झलनाथ खनालको उम्मेदवारी रहेको यो क्षेत्रमा प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

सहमति पत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन र  स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । तर सर्वदलीय बैठकमा सहभागी भएको एकीकृत समाजवादीका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू