अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म समयसीमा

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:४८ मा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयले बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।

मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।

विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू