अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

आम निर्वाचनको मतगणना जारी- कांग्रेसको अग्रता कायमै, एमाले दोश्रो

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:३९ मा प्रकाशित

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना जारी, पछिल्लो परिणामानुसार नेपाली कांग्रेस प्रतिनीधिसभातर्फ १४ स्थानमा विजयी भएको छ भने अन्य ४१ स्थानमा अग्रता राख्न सफल भएको छ । कांग्रेस प्रदेशसभातर्फ ३६ स्थानमा विजयी हुँदा ४७ स्थानमा अग्रता कायम राख्न सफल भएको छ ।

जारी मतगणनामा दोश्रो स्थानमा रहेको नेकपा एमाले प्रतिनीधिसभातर्फ ५ स्थानमा विजयी हुँदा ३९ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रदेशसभातर्र्फ १२ स्थानमा विजयी हुँदा अन्य ६७ स्थानमा उसले अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रले संघीय संसद्को २ स्थानमा जित हासिल गर्दा १५ स्थानमा अग्रता लिएको छ भने प्रदेशतर्फ १२ स्थानमा जित दर्ता र ३६ स्थानमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ४ स्थानमा विजयी भएको छ । उसले अन्य ४ स्थानमा अग्रता लिएको छ । नेकपा समाजवादी प्रतिनीधिसभातर्फ १ स्थानमा विजयी हुँदा ८ स्थानमा अग्रता कायम राखेको छ । समाजवादीले प्रदेशतर्फ २ स्थानमा जीतेको छ भने १४ स्थानमा अगाडि रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा विजयी हुँदा ५ स्थानमा उसको अग्रता रहेको छ । उसले प्रदेशसभातर्फ ३ स्थानमा जीत दर्ता गर्दा १५ स्थानमा अग्रता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टी प्रतिनीधिसभाको १ स्थानमा विजयी भएको छ भने उसको १ स्थानमा अग्रता छ । उक्त पार्टीको प्रदेशसभामा २ स्थानमा जीत दर्ता भएको छ भने ४ स्थानमा अग्रता छ । जनतमत पार्टी १ स्थानमा जित सहित प्रदेशसभामा ४ स्थानमा विजयी भई ३ स्थानमा अगाडि रहेको छ । राष्ट्रिय जनमोर्चाले प्रतिनीधिसभातर्फ १ स्थानमा जित दर्ता गरेको छ भने अन्य दलहरुले ९ स्थानमा अग्रता कायम गर्दा प्रदेशसभातर्फ २ स्थानमा विजयी भएका छन् । उनीहरुले १४ स्थानमा अग्रता लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेशसभातर्फ १ स्थानमा विजयी हुँदा ७ स्थानमा उसले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू