अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

निर्वाचन मतगणना: समानुपातिकतर्फ एमाले अगाडि, कांग्रेस दोश्रो र स्वतन्त्र पार्टी तेश्रो स्थानमा

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:२८ मा प्रकाशित

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने छैन तर, निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले २ लाख ४२ हजार ५३६ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख १९ हजार ९०५ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार २९४ मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) को एक लाख ७०८ मत छ । विघटित संसदको चौथो ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) भने निकै पछि परेको छ । अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८८९ मतसहित पाँचौं स्थानमा छ भने जनता समाजवादी पार्टी १८ हजार ७६० मतसहित छैटौं र सिके राउत नेतृत्वको जनमत पार्टी १७ हजार ५७८ मतसहित सातौं स्थानमा छ ।

नेपाल मजदूर किसान पार्टी १६ हजार ५१० मतसहित आठौं स्थानमा रहँदा नेकपा एसको अहिलेसम्म १३ हजार ३२६ मतसहित नवौँ स्थानमा छ । यस अघि १० औ नम्बरमा रहेको नेकपा (एस) अहिले नवौ नम्बरमा उक्लिएको हो । १० औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३८ मतसहित नवौं स्थान लिएको छ ।

मतगणनाको रुझान हेर्दा नेकपा एसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्नलाई निकै चुनौति देखिएको छ । प्रत्यक्षमा नेकपा एसले एक निर्वाचन क्षेत्रमा निर्वाचित भएर ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहदाँ समानुपातिकमा भने पछि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू