अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

निर्वाचन २०७९- मतगणना जारी, नेपाली कांग्रेस अग्रस्थानमा

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ५:५९ मा प्रकाशित

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो परिणामानुसार नेपाली कांग्रेस प्रतिनीधिसभातर्फ ४ स्थानमा विजयी भएको छ भने अन्य ४६ स्थानमा अग्रता कायम राखेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमाले २ स्थानमा विजयी हुँदा ४१ स्थानमा अग्रता कायम गर्न सफल भएको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा जीत हासिल गर्दा ३ स्थानमा अग्रता राख्न सफल भएको छ । जारी मतगणनामा माओवादी केन्द्रको १६, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र अन्य दलको ६ स्थानमा अग्रता रहेको छ ।

जारी मतगणनामा प्रदेश सभातर्फ नेपाली कांग्रेस ४ स्थानमा विजयी हुँदा उसले ६३ स्थानमा अग्रता कायम राखेको छ । जनमत पार्टी २ स्थानमा विजयी भएको छ भने अन्य ३ स्थानमा अग्रस्थानमा रहेको छ । अन्यले १ स्थानमा जित दर्ता गर्दा १४ स्थानमा अगाडि रहेका छन् । यो समाचार तयार पार्दासम्मको विवरण अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा विजयी हुँदै १२ स्थानमा अग्रता राखेको छ । नेकपा एमाले ८३ स्थानमा अग्रस्थानमा रहँदा नेकपा माओवादी केन्द्रको ३३ स्थानमा अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू