अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

१५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ४:२५ मा प्रकाशित

नक्कली मतपत्रसहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले १५ हजार मतपत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेको नायव उपरीक्षक गिरीले बताउनुभयो । भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ।

पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दावी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू