अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

चुनावको दिन आन्तरिक उडान बन्द

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ६:०५ मा प्रकाशित

आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल खुल्ला रहेपनि आन्तरिक उडान बन्द हुने जानकारी दिनुभयो ।

निरौलाले भन्नुभयो, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’ अन्तर्राष्ट्रिय उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू