अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

कोलोराडोमा फल क्रिकेट लिग सम्पन्न

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते १४:०३ मा प्रकाशित

कोलोराडो । हिजो आइतबार एरी क्रिकेट मैदानमा मेभ्रिक र अरोरा एभरेष्ट क्रिकेट क्लब बिच फाइनल खेल भएको थियो । जसमा कोलोराडो मेभ्रिकले टस जितेर पहिला ब्याटिङ गरेको थियो । निर्धारित २० ओवरको खेलमा मेभ्रिकले अरोरा एभरेष्टलाई ७ विकेट गुमाएर १३२ को टार्गेट दिएको थियो, जसमा मेभ्रिकको तर्फबाट सर्वाधिक ३३ रन २० बलमा जाफ्री कालेलले जोडेका थिए र मेभ्रिककै तर्फबाट दर्शित कार्केराले २९ बलमा ३० रन जोड्न सफल भएका थिए, एभरेष्टको तर्फबाट निला निरौलाले ४ ओवरमा २ विकेट लिँदै १७ रन दिएका थिए भने रूपक निरौलाले २ ओवरमा १६ रन खर्चिँदै २ विकेट लिन सफल भएका थिए ।

त्यस्तै अरोरा एभरेष्ट क्लबले २० ओभरमा १३२ रनको लक्ष पछ्याउने क्रममा क्याप्टेन दुर्गा निरौला २९ रन २२ बलमा जोडेका थिए भने उप-क्याप्टेन ओम खनालले पनि ३१ बलमा २७ रन जोडन सफल भएका थिए । मार्भिकको तर्फबाट चिराग चन्द्रशेखर ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । २० ओभरमा अरोरा एभरेष्ट क्लबले ९ विकेट गुमाएर १२३ रन बनाउन सफल भएर उपविजेता बन्दै क्यास $१५० लग्न सफल भयो भने मेभ्रिकले $३०० क्यास सहित विजेता बन्यो । आयोजक टिम फेयर फिल्ड क्रिकेट क्लब लिग चरनबाटै बाहिरिएको थियो ।

फल क्रिकेट स्पन्सरहरु:
बुद्धि सुवेदी, एनआरएन अध्यक्ष
दिलु पराजुली एनआरएन उपाध्यक्ष
साल शर्मा, ७-११ वनर
चन्द्र पौडेल ७-११ वनर
टिपु, ७-११ वनर
दरबार रेस्टुरेन्ट ब्रुमफिल्ड
एन आर एन कोलोराडो च्याप्टर
कुमारजङ कार्की
नबराज न्यौपाने

एनआरएन आइसिसी बोर्ड मेम्बर राज ढुंगानाले विजेता टिम मेभ्रिकलाई मेडल, ट्रफी र पुरस्कार रकम $३०० प्रदान गरेका थिए ।  कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टर उपाध्यक्षले उपविजेता टिमलाई मेडल र ट्रफी वितरण गरेका थिए । खेल मस्ट भ्यालुवेबल प्लेयरको उपाधि मेभरिक चिराग चन्द्र शेखरले पाए । अन्तमा आयोजक टिमका कप्तान मुकेश झा ले सबै खेलाडी, स्पन्सर भोलेन्टियर र उपस्थिति सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू