अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

होकुलको जितमा आप्रवासी तल्लो वर्गको निर्णायक भूमिका

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते १४:३७ मा प्रकाशित

न्यू योर्क । करिब ५ प्रतिशतको झिनो मतान्तरले गभर्नर बनेकी न्यू योर्क राज्यकी क्याथी होकुलको जितमा आप्रवासी र तल्लो वर्गको निर्णायक भूमिका देखिएको छ।

नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार होकुलले करिब ३० लाख २२ हजार मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी लि जेल्डिनले झन्डै २७ लाख मत पाएका थिए। कूलमध्ये कम्तीमा ४ प्रतिशत मत वर्किङ फेमिलिज पार्टी (डब्लुएपपि) पाएको थियो। डब्लुएफपिसँग नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको ड्रम बिट्सले होकुलसहित आप्रवासी तथा कामदार वर्गप्रति उदार नीति राख्ने उमेद्वारको पक्षमा चुनावी अभियान गरेको थियो।

ड्रम बिट्सले विज्ञप्तिमार्फत भनेको छ, ‘हाम्रा सदस्यसहित आप्रवासी र विभिन्न जातीय समुदायका कामदार वर्ग सङ्गठित भएर हाम्रो जीवनका लागि सङ्घर्षमा उत्रिए र निर्दयी, जातिवादी, महिला विरोधी, एलजिबिटिक्युआईप्लस समुदाय विरोधी र कामदार वर्गको हित विपरीत नीति लिने अति दक्षिणपन्थी रिपब्लिकनबाट हाम्रा समुदायलाई जोगाउन आवश्यक भोट सुरक्षित गरे।’

ड्रम बिट्स साउथ एसियन तथा इन्डो करेबियन समुदायसँग राजनीतिक शक्ति निर्माणका लागि काम गर्ने सी फोर संस्था हो। एक्स्क्लुडेड वर्कर्स फन्ड लगायतका माग अस्वीकार गरेकाले यो संस्थाले क्याथी होकुललाई आफ्ना उम्मेदवार रूपमा अगाडि नसारे पनि चरम दक्षिणपन्थी मानिएका रिपब्लिकन उम्मेदवार लि जेल्डिनलाई रोक्न होकुलको पक्षमा डब्लुएफपिसँग मिलेर काम गरेको थियो। ड्रम बिट्सले आफ्ना सदस्यसँग होकुल र आप्रवासी तथा तल्लो वर्गप्रति उदार नीति राख्ने उमेद्वारको पक्षमा ‘फोन बैङ्किङ’ र ‘डोर नकिङ’ गरी भोट मागेको थियो । साथै ‘अर्लि इलेक्सन’ र ‘इलेक्सन’ का दिन मतदान स्थलमा काम गरेको थियो। ड्रम बिट्सले निर्वाचनका बेला विभिन्न उमेद्वारसँग अन्तरक्रिया गर्छ र आफ्नो उद्देश्य अनुसारको नीति राख्ने उमेद्वारलाई आफ्नै उम्मेदवार रूपमा अगाडि सार्छ।

‘रूपमा तल्लो तहका समुदाय र कामदार वर्गले होकुल र मध्यपन्थी डेमोक्रेटलाई अति धनी दाता वरिपरि घुम्न छाडेर कामदार वर्गको भौतिक वास्तविकतामा सुधार ल्याउन ठोस कदम चाल्न माग गरिरहेका छन्,’ ड्रम बिट्सले विज्ञप्तिमा भनेको छ, ‘होकुल र मध्यपन्थीहरुले डेमोक्रेटका लागि आम उदासीनता खडा गरिदिएका छन्, जसले अपराध, बेल रिफर्म, गर्भपतन र एलजिबिटिक्युआइप्लस समुदायका सम्बन्धमा प्रतिक्रियावादी आख्यान निर्माण गर्न सहयोग पु¥याइरहेको छ।’

ड्रम बिट्सले होकुलको झिनो मतको विजय आगामी दिन कसैका लागि सजिलो नभएको प्रस्ट सन्देश भएको जनाएको छ। उसले होकुलको पद र डेमोक्रेटिक मेजोरिटी कायम राख्न खेलेको निर्णायक भूमिकाप्रति कामदार वर्ग, आप्रवासी अश्वेत समुदायलाई धन्यवाद दिएको छ।
‘हाम्रा आप्रवासी सदस्यहरूले फोन गरेर भोट दिन उत्साहित नगरेका थिए भने, र मतदान स्थलमा मत माग्दै हामी उपस्थित नभएको भए निर्वाचनको नतिजा धेरै फरक देखिन्थ्यो,’ ड्रम बिट्सले भनेको छ, ‘होकुल र मध्यपन्थी डेमोक्रेटले उनीहरूलाई विजय गराउने कामदार वर्ग, जसले धेरै समस्या झेलिरहेको छ, उनीहरूको जीविकामा वास्तविक सुधार ल्याउनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू