अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

प्रचण्ड की पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:४२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ ।

यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सितालाई डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू