अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता तेस्रो चरणमा प्रवेश

बिआरटीनेपाल २०७९ कार्तिक १५ गते ५:४६ मा प्रकाशित

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला तेस्रो चरणमा प्रवेश गरेकी छन् । आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा निर्णायकलाई मख्ख पारेकी परिजिताले नकआउट प्रतिस्पर्धामा पनि मन जितिन् । नेपाली समयानुसार मंगलबार देखि सुरु भएको नकआउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी हुन्।

उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । प्रतिष्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए । प्रस्तुतिपछि निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता तेस्रो चरणमा प्रवेश गरेकी हुन् । परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रिया