अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

तिहारमा ओखर किन नभई हुन्न ? यस्ता छन् ओखरका फाइदाहरु

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते १:५९ मा प्रकाशित

तिहारमा ओखरको महत्व धेरै छ। भाइटीकाका दिन ओखर नभई हुन्न। दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि मूलढोकामा ओखर फुटाउने गरिन्छ। त्यसरी ओखर फुटाउँदा दाजुभाइ तथा दिदीबहिनीका बाधा–अड्चन हट्ने जनविश्वास छ।

संस्कृतिविद् जगमान गुरुङका अनुसार भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाउनुअघि दैलोमा ओखर तथा कटुस फुटाउने प्रचलन छ।

उहाँका अनुसार भाइटीकाका दिन टीका लगाउनुअघि दिदिबहिनीले दाजुभाइको सबै दुःख, कष्ट, अड्चन नास होस् भनेर महासुरको टाउकोका रूपमा फुटाउने गर्छन्।

स्वास्थ्यका दृष्टिले पनि  ‘ओखर’ का अनेक फाइदा छन् :

ओखरमा पर्याप्त मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।

ओखरमा भिटामिन ई पाइने भएकाले यसले छालालाई सुरक्षा प्रदान गर्छ भने बढ्दो उमेरमा हुने चाउरीपनबाट पनि राहत दिन्छ । ओखरको प्रयोगले अनावश्यक वजन कम गर्न सकिन्छ । यो गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाइन्छ ।

ओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले गर्दा मानिसको दिमाग तेज हुन्छ । फ्याटको मात्रा कम हुने भएकाले ओखर वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ । मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू