अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

कोलोराडोमा कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते १६:४१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको आयोजनामा डेन्भर शहरमा चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भयो । “सगरमाथाको गहिराई” कविता संग्रहका लागि पद्मश्री पुरस्कार प्राप्त गर्नुभएका कवि पराजुली हाल अमेरिकाको विभिन्न शहरहरुमा कविता कन्सर्ट गरिरहनुभएको छ र यसै क्रममा अनेसास, कोलोराडो शाखाले उहाँको सोर्ह्रौ कन्सर्ट आयोजना गरेको हो ।

अनौपचारिक रुपमा संचालन गरिएको कविता कन्सर्ट शुरु हुनु अघि शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले कवि पराजुलीको छोटो परिचय दिनुभएको थियो ।
आफ्ना बहुचर्चित ह्याप्पी बर्थडे, रुख जस्ता कविताहरुको अलावा उहाँले मोक्ष, एक्लै, बामपन्थी लभ जस्ता अनेक लोकप्रिय कविताहरु सुनाएर उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो । कार्यक्रमको संचालन अनेसास, कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू