अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

अमेरिकामा नेपाली उबर चालकमाथि बन्दुकधारीको आक्रमण प्रयास

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ६:१९ मा प्रकाशित

अमेरिकामा नेपाली सवारी चालकमाथि बन्दुकधारी यात्रुले आक्रमणको प्रयास गरेका छन्। उत्तरी क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले जनाएको छ।

बन्दुकधारीले उहाँको पृष्ठभूमि सोधेपछि मगरले आफू नेपालको रहेको बताएका थिए। त्यसपछि आफ्नो टाउकोमा बन्दुक ताकिएको मगरले बताउनुभयो । घटना अक्टोबर १ मा भएको हो। प्रहरीले उक्त घटनाबारे सोमबार मात्रै सार्वजनिक गरेको हो।

‘एक यात्रुले बन्दुक ताके अर्कोले मेरो पर्स र कारको चाबी खोसे। मलाई घुँडा टेक्न लगाए र कार लिएर उनीहरू भागे,’ मगरले भन्नुभयो ।

प्रतिक्रिया