अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

राई इज किङलाई केआरएसएद्धारा अभिनन्दन

बिआरटीनेपाल २०७९ असोज २९ गते १४:२५ मा प्रकाशित

डालस, टेक्सस। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए टेक्सस) ले गायक राजेश पायल राईलाई अभिनन्दन गरेको छ । किरात परम्परा अनुसार संस्थाका अध्यक्ष दिलीप राईले फेटा बाँधेर तथा खादा लगाई डालासको अर्भिङ्स्थित नाङ्लो रेष्टुरेन्टमा सो अभिनन्दन गरेको हो ।

‘खोटाङको बुइपामा जन्मेर सन्सारभरिका विभिन्न भाषामा गीत गाइसक्नुभएको मेघा स्टार राई इज किङ राजेश पायल राई नेपाली साङ्गीतिक आकाशका नक्षेत्र हुन,’ केआरएसए टेक्सास्का अध्यक्ष दिलीप राईले भने ‘संस्थाले उहाँको सम्मानमा मिट एण्ड ग्रिट कार्यक्रम राखी अभिनन्दन गरेको हो ।’

राजेश पायल राई फाउन्डेसन मार्फत आर्थिक तथा सामाजिक अभियानसमेत गरिरहेका भएका राजेश पायल राई हाल संयुक्त राज्य अमेरिकाको सात बटा सहरहरूमा साङ्गीतिक कार्यक्रमकालागि अमेरिकामा आएका हुन् । उनी रियालिटी सो भोइस अफ नेपाल सिजन चारका जजसमेत छन्।

केआरएसए, टेक्सास् च्याप्टरले प्रत्येक वर्ष किराँती खेल धनुवाण÷आर्चरी प्रतियोगिताको आयोजना गदै आएको छ । साथै, मैत्रीपूर्ण फुटबल, देउसे–भैलो सांस्कृतिक कार्यक्रम, संसारभर मानवीय कार्यका लागि आर्थिक तथा भौतिक सहयोगलगायतका सामाजिक कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू