अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

थाइल्याण्ड आक्रमण : ३७ जनाको ज्यान गएपछि देश शोकमा

बिआरटीनेपाल २०७९ असोज २१ गते ९:३० मा प्रकाशित

बिहिबार थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

मृत्यु हुनेहरुमा अधिकांश बालबालिका रहेको प्रहरीले जनाएको छ । बन्दुकधारीलाई लागुऔषध आरोपमा एक वर्षअघि प्रहरीको जागिरबाट बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

उनले शिशु स्याहार केन्द्रमा आक्रमण गरेपछि आफ्नो परिवारका सदस्य तथा आफ्न्तलाई पनि चक्कु प्रहार गरेको बताइएको छ । यो घटनापछि थाइल्याण्ड शोकमा डुबेको छ । शुक्रबार बिहान केन्द्रबाहिर भेला भएका अभिभावकहरु आफ्ना बालबालिकाका खेलौना समातेर रोइरहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा अधिकांस बालबालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू