अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 07:54

भीम रावलको स्थानमा झपट बोहोरालाई उम्मेदवार बनाउने एमालेको निर्णय, डडेल्धुरामा बिपी कांग्रेसलाई सघाउने

बिआरटीनेपाल २०७९ असोज २१ गते ९:०० मा प्रकाशित

नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी) का उम्मेदवार कर्ण मल्ललाई  सघाउने भएको छ ।

नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।

उता, एमालेले अछाम–१ का लागि भीम रावललाई टिकट नदिए पछि सो क्षेत्रमा झपट बोहोराले टिकट पाएका छन । सुदुरपश्चिम सरकावाट राजिनामा दिएर एमालेमा बसेका रावलले टिकट पाएसँगै अछामको राजनीतिमा भने तरङ्ग छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू