अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

एएफसी यू–१७ : नेपाल भियतनामसँग ५ गोलले पराजित

बिआरटीनेपाल २०७९ असोज २१ गते ८:४० मा प्रकाशित

एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग फराकिलो अन्तरले पराजित भएको छ ।

भियतनामको भियत त्रि मैदानमा भएकाे खेलमा नेपाल भियतनामसँग पाँच–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल खायो । लगातार दोस्रो हारसँगै नेपालको छनोटको सम्भावना लगभग सकिएको छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । भियतनाम ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ  । थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको थियो ।

नेपालले पर्सि आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू